मोरङको टांडीमा नेपाली सेनाद्धारा क्वारेन्टाईन निर्माण

चैत्र ६, विराटनगर । पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) सम्भावित संक्रमणलाई रोक्न २ सय वेड क्षमताको क्वारेन्टनईन निर्माण भएको छ ।   

१ नम्बर प्रदेश सरकारको गत फागुन २९ गतेको मन्त्रीपरिषद बैठकबाट पारित कोरोना भाईरस विरुद्धको कार्ययोजना अनुसार मोरङको मिक्लाजुङ र सुनसरीको श्रीलङका टापुमा क्वारेन्टाईन बनाउने निर्णय भएको थियो । सोही निर्णय अनुसार विहिबार मोरङको टँंडीमा २ सय शैयाको क्वारेन्टाईन निर्माण भएको नेपाली सेना पूर्वी पृतना इटहरीले जनाएको छ ।   

सेनाले संक्रमणबाट बचाउन टाँडीमा निर्माण गरिएको क्वारेन्टाईनमा ५ मिटरको अन्तरमा १ सयवटा टेन्टमा २ सय वेड बनाइएको जनाएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाईन निर्माण गरिएको सेनाले जानकारी दिँदै आवश्यक जनशक्ति तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने जनाएको छ ।   

प्रत्येक निर्माण भएको क्वारेन्टाईनको पाल भित्र २, २ जना अटाउने वेड राखिएको छ । क्वारेन्टाईन बाहिर २५ वटा टवाईलेट र वाथरुम रहेको नेपाली सेनाका २ नम्बर वाहिनी धनकुटाका सहायक रथी यम प्रसाद ढकालले जानकारी दिए ।   

टांडीस्थित सूर्यदल गणको सुरक्षा परिसरमा सेनाको आफूसँग रहेको टेण्ट, वेड राखेर क्वारेन्टाईन निर्माण गरिएको हो । भने झापाको भद्रपुरस्थित ग्रामीण, कृषि परीक्षण तालिम केन्द्रमा ४० वटा र उदयपुरमा २ सय वटा वेड गरी प्रदेश नम्बर १ मा २ सय ४० वेडको क्वारेन्टाईन निर्माण गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + three =