नामी र साइपाल फाइनलमा

फागुन २३, काठमाडौँ । नामी र आयोजक मल्पी पाँचौं मल्पी कप ए लेभल अन्तरकलेज थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । 

तीन टिम सहभागी गर्ल्सको राउन्ड रोविन लिगमा नामी विजेता तथा मल्पी उपविजेता हुँदै फाइनलमा पुगेका हुन् । नामीले मल्पीलाई १०–८ तथा साइपाल एकेडेमीलाई १०–६ ले पराजित गर्यो । मल्पीले साइपाललाई ६–४ ले हरायो । 

ब्वाइजमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल मल्पी ‘ए’ र लिटिल एन्जल्स (एलए) तथा मल्पी ‘सी’ र नामी ‘ए’ बीच हुने छ । ब्वाइजमा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका   छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =