परीक्षण नै नगरि कोरोना छैन भनेर सरकारले जनतालाई धोका दिरहे छ : डा. दीक्षित

चैत्र ४, काठमाडौं । सरकारले नेपालमा एक जनामा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नदेखिएको बताइरहेका बेला वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले संकास्पद व्यक्तिमाथि परीक्षण नभएको आरोप लगाएका छन् । 

कोरोना भाइरसका विषयमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा डा. दीक्षितले भाइरसको परीक्षण नै नगरि सरकारले नेपालमा एक जनामा पनि संक्रमण छैन भनेर जनतालाई धोका दिएको आरोप लगाए ।   

उनले भएका केही किटबाट भीभीआइपीको मात्र परीक्षण भएको आरोप लगाए। उनले टेष्ट नै नगरि कोरोना भाइरसबाट संक्रमित नेपालमा छैन भन्नु सरकरले धोका दिएको बताए । सरकारसँग कोरोना भाइरसको परीक्षण गर्ने किट नै नभएको समेत उनले दाबी गरे। 

एकदिन अघि मात्रै इटलीबाट प्रशिक्षणका लागि आएका एकजना व्यक्तिलाई ज्वरो र खोकी लागेको भए पनि सरकारले परीक्षण नगरेको उनले सुनाए। उनले आफ्नो अस्पतालमा अझै पनि ३ जना संकास्पद बिरामी रहेको तर टेकु अस्पतालले परीक्षण नगरिदिएको जनाए। 

यसैबीच साक्षत्कारमा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले कोरोना भाइरसको सन्त्रास देखाएर कालोबजारी गर्नेहरुलाई कारबाही गरिरहेको बताएका छन् । कालोबजारी गर्ने व्यापारी, व्यवसायी, उत्पादक कसैलाई पनि छुट नहुने भन्दै गलत गर्नेमाथि कारबाही हुनेमा विस्वस्त हुन पोखरेलले आग्रह गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 4 =