अत्यावश्यक बाहेक सबै सरकारी कार्यालय बन्द हुने

चैत १०, काठमाडौं । सरकारले अत्यावश्यक बाहेकका सबै सरकारी कार्यालय बन्द गर्ने भएको छ । कोरोना भाइरसको जोखिम बढीरहेका बेला सरकारले सरकारी कार्यालय पनि बन्द गर्ने भएको छ ।   

सरकारले कर्मचारीलाई कार्यालय आउने भनिएपनि कार्यालय खुलेपछि सेवाग्राही आउने भएकाले कर्मचारीलाई नै विदा दिन लागिएको हो ।   

सोमबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले कर्मचारीलाई घरमै तयारी अवस्थामा बस्ने तर कार्यालय आउन नपर्ने गरी निर्देशन दिने तयारी रहेको स्रोतले जनाएको छ ।   

Image result for उच्चस्तरीय समन्वय समिति

कार्यालय प्रमुख र उच्च पदस्थ कर्मचारीको हकमा भने विदा नहुने जनाइएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =