एसीसी ईस्टन रिजन क्रिकेट : थाइल्याण्डमाथि नेपालको कीर्तिमानी जित

फागुन २१, काठमाडौं । एसीसी ईस्टन रिजन टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आयोजक थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको छ । 

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपालले घरेलु टोलीविरुद्ध ९ विकेटको जीत दर्ता गरेको हो । थाइल्याण्डले दिएको ६७ रनको बिजयी लक्ष्य नेपालले ५ दशमलव ३ ओभरमा १ विकेट गुमाएर भेट्टायो । 

ट-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको यो कीर्तिमानी जित हो । कम बलमा विपक्षीले दिएको लक्ष्य पुरा गर्दै नेपालले कीर्तिमानी जित निकालेको हो । 

नेपालको जितमा ओपनर कुशल मल्लले अविजित रहदै ३६ रन बनाए । यस्तै पवन सर्राफले अविजित २७ रन जोडे । ओपनर पारस खड्का भने ९ रनमा आउट भए । थाइल्याण्डका नोप्पोन सेनामोन्त्रीले १ विकेट लिए । 

जितसँगै नेपालले ३ खेलमा २ अंक जोडेको छ र, नेपालले शीर्ष दुईमा रहदै एसिया कप छनोटमा पुग्ने सम्भावना कायम राखेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =