अस्पताल पगुेर प्रचण्डले भेटे प्रधानमन्त्री, के भयो कुराकानी ?

फाइल तस्विर 

चैत्र १४, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

अध्यक्ष प्रचण्डले शुक्रबार बिहान त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । 

फागुन ३० गते मृगौला प्रत्यारोपण गरी फर्किएका ओलीको मुटुको धड्कन बढेपछि उनलाई बिहीबार राति अस्पताल भर्ना गरिएको थियो । अहिले उनको अवस्था सामान्य रहेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

प्रचण्डको सचिवालयका अनुसार भेटका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य र कोरोना भाइरसको संक्रमण रोक्न पार्टी र सरकारबाट भइरहेको गतिविधिका विषयमा कुराकानी भएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =