भरतपुरमा कोरोना अस्पताल निर्माण तिब्र
२०७६ चैत ६ गते

चैत ६, चितवन । चितवन प्रदर्शनी केन्द्रलाई कोरोना भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा रुपान्तरणको काम द्रुत गतिमा अघि बढाइएको छ ।
कोरोना भाइरसका कारण निम्तन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै भरतपुरमा अस्थायी अस्पताल सञ्चालन गर्न लागिएको हो ।
भरतपुर महानगरपालिकाको समन्वयमा जिल्लाका सरोकारवाला निकायहरुले अहिले काम गरिरहेका छन् । कूल ७० शैया रहने भनिएको यस अस्पतालमा ५० शैयाको जनरल वार्ड र ओपीडी भोली बिहान सम्म तयार हुने संभावना छ ।

मंगलबार विहान ७२ घण्टा भित्रमा कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण गरिसक्ने घोषणा गरिएपनि आइसीयू र हाइ डिपेन्डेन्ट युनिट (एचडीयू) तयार गर्न केही समय लाग्ने छ ।
२०७६ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित








