दैनिक ८ घण्टा बन्द हुँदै सिद्धार्थ राजमार्ग

फाइल तस्विर 

फागुन २९, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । सडक स्तरोन्नतिका लागि चैत १ गतेदेखि उक्त राजमार्ग दैनिक ८ घण्टा बन्द गर्न लागिएको डिभिजन सडक कार्यालय, पाल्पाले जनाएको छ । 

डिभिजन सडक कार्यालयका अनुसार सडकका घुम्ती, कटान लगायत कार्यका लागि चैत १ गतेदेखि बिहान ७ बजेदेखि ९, दिउँसो १२ बजेदेखि ३ र राति ८ बजेदेखि ११ बजेसम्म सडक बन्द हुनेछ । 

राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत घुम्ती काटेर सडक फराकिलो बनाइने छ । निर्माण व्यवसायीको अनुरोधमा जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाहरूको बैठकले घुम्ती बढाउने काम सहज बनाउन सडक बन्द गरेर काम गर्न लागेको हो । तानसेन–बुटवल सडकखण्डको घुम्ती कटान गरिन लागेको डिभिजन सडक कार्यालयले जनाएको छ । तोकिएको समयबाहेक अन्य समयमा भने सवारी साधन यथावत् सञ्चालन हुने जानकारी दिइएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =