पूर्व निर्धारित तालिकाअनुसार नै एसईई परीक्षा हुन्छ : शिक्षा मन्त्रालय

फागुन २३, काठमाडौं । २०६७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) पूर्व निर्धारित तालिकाअनुसारनै सञ्चालन हुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्पष्ट पारेको छ ।   

शुक्रबार प्रेस विञप्ती जारी गर्दै मन्त्रालयले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा २०६७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)  स्थगित र विद्यालयहरु बन्द गर्ने भन्ने गलत समाचारहरु प्रवाह भैरहेको मा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले एसईई परीक्षा पूर्व निर्धारित समय चैत ६ गतेबाटै हुने जानकारी दिएको हो । 

मन्त्रालयले अहिलेको परिश्थितीलाई ध्यानमा राखि कक्षा १ देखि ९ सम्मको परिक्षा चैत्र ५ गतेसम्म सकिसक्न यसअघि नै आह्वान गरिसकेको जनाउँदै एसईई भने पूर्वनिर्धारित तालिकाअनुसार नै हुने जानकारी गराएको हो ।   

मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘चैत ६ गतेदेखि हुनेगरी तय भएको एसईईको परीक्षा यथावत रुपमा नै सञ्चालन हुनेछ । अतः परीक्षा सारेको वा विद्यालय बन्द गरिएको भन्ने जस्ता गलत सूचनाको भ्रममा नपर्न मन्त्रालय सबैमा अनुरोध गर्दछ।’   

साथै मन्त्रालयले स्थितीको नियमित समिक्षा र विश्लेषण गरिरहेको जनाउँदै विज्ञप्तीमा भनेको छ, ‘आवश्यक्ता वा औचित्यका आधारमा थप निर्णय भएमा यस मन्त्रालय अन्तर्गतका आधिकारिक वेभसाइटमार्फत एवम् सार्वजनिक सञ्चारमाध्यमबाट त्यस्तो सूचना शीघ्र सम्प्रेषण गर्ने यसै विज्ञप्तीद्वारा जानकारी गराइएको छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =