प्रतिबन्ध उल्लङ्घन गर्दै विदेशबाट आएका ६१ यात्रुलाई क्वारेन्टाइन पठाइयो

काठमाडौँ । प्रतिबन्ध उल्लङ्घन गर्दै विदेशबाट नेपाल आएका ६१ यात्रुलाई सरकारले खरिपाटीस्थित क्वारेन्टाइन पठाएको छ । विभिन्न एयरलाइन्सले शनिबार काठमाडौँ ल्याएका ६१ जना यात्रुलाई सरकारले क्वारेन्टाइन पठाएको हो ।
सरकारले शुक्रबर राति १२ बजेपछि युरोप, खाडी, मलेसिया, इरान, दक्षिण कोरिया र जापानबाट कुनै पनि यात्रु नेपाल आउन नपाउने गरी प्रतिबन्ध लगाएको भए पनि विदेशी एयरलाइन्सहरूले त्यसको उल्लङ्घन गर्दै शनिबार यात्रु लिएर काठमाडौँ विमानस्थल पुगेका हुन् ।
साथै यी मुलुकबाट अन्य मुलुकलाई ट्रान्जिट बनाएर पनि यात्रु आउन नपाउने सरकारले जनाएको थियो।
null
आज बिहान दोहाबाट कतार एयर र दिउँसो बैंककबाट थाइ एयरका जहाज काठमाडौँमा ल्यान्ड गरिएका थिए। अध्यागमन विभागकाअनुसार थाइ एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएका हुन् ।
यसअघि यसरी आउने विदेशी नागरिकहरुलाई फर्काउने गरिएको थियो ।








