अर्काे सूचना जारी नभएसम्म राष्ट्रियसभा बैठक स्थगित

चैत्र ७, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय सभाको बैठक स्थिगित गरिएको छ । शुक्रबारका लागि बोलाईएको बैठक अब अर्काे सूचना नभए सम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।   

सरकारले २५ जनाभन्दा बढी मानिस सहभागी हुने कुनै पनि बैठक, भेला आदि गर्न रोक लगाएको दुइै दिनपछि राष्ट्रियसभा बैठक स्थगित गर्ने निर्णय गरिएको हो। 

राष्ट्रिय सभाको बैठक बिहीबार भने बसेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =