काेराेना संक्रमित होइनन् टेकु अस्पतालबाट भागेका बिरामी !

फागुन २२, काठमाडौं । बुधबार राति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डबाट भागेका बिरामी कोरोना संक्रमित नभएको बताएको छ । उनी अस्पतालको सम्पर्कमा आएको र संक्रमित नभएको अस्पतालले जनाएको छ ।
अस्पतालबाट फरार भनिएका ती बिरामी कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंकामा बुधाबार अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए । कोरियाबाट फर्केका उनी बुधबार राति नै अस्पतालबाट भागेका थिए ।
अस्पतालबाट भागेर विराटनगर पुगेका उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान आग्रह गरिएको थियो । सुनसरी घर भएका उनलाई टेकु अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो ।

कोरियाबाट फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चेकजाँच गर्दा ज्वरो आएको नपाइएपछि थप चेकजाँच गरिएको थिएन । उनी आफैँ अस्पताल पुगेका थिए, कोरोनाको आशंकामा ।
संक्रमणको लक्षण नदेखिएपछि परामर्श दिएर मंगलबार घर पठाएकोमा बुधबार फेरि अस्पताल आएर कोरोना संक्रमणको लक्षण देखिएको भन्दै आत्तिएपछि क्वारेन्टाइनमा बस्न आग्रह गरिएको टेकु अस्पतालका एक चिकित्सकले बताए । उनी त्यसै अनुसार क्वारेन्टाइनमा बसेको र संक्रमण नभएको चिकित्सकको भनाइ छ ।








