डब्ल्युएचओको चेतावनी- ‘कोरोनाको महामारी तीव्र गतिमा फैलिदैछ’

चैत ११, काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन् । 

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन् । परीक्षणलाई थप तीब्र नबनाए कोरोनासको महामारी नियन्त्रण बाहिर जाने उनको चेतावनी । 

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणलाई श्वव्यापी महामारीको सङ्ज्ञा यसअघि नै दिइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले मानिसहरूको हिँड्डुल नियन्त्रणमा मात्र भर नपर्न भनेको छ ।  

प्रत्येक सङ्क्रमण परीक्षण गरेर तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु उक्त भाइरसविरुद्धको लडाइँमा महत्त्वपूर्ण हुने उसले बताएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *