‘मिथिला भोजपुरा’ पनि अस्वीकृत

चैत्र ४, जनकपुर । प्रदेश २ को नामाकरण र राजधानीको टुङ्गो लगाउन भइरहेको मतदानमा ‘मिथिला भोजपुरा’ राख्ने नाम अस्वीकृत भएको छ। उक्त नामको प्रस्ताव नेपाली कांग्रेसले गरेको थियो ।   

मंगलबार भएको मतदानमा कांग्रेसको प्रस्तावको पक्षमा २८ मत पर्‍योको छ भने विपक्षमा ७९ मत परेको छ । प्रदेश सभामा कांग्रेसको १९ जना सांसद भए पनि मतदानमा ९ मत बढी खसेको थियो ।   

यसअघि प्रदेशको नाम ‘जानकी’ पनि अस्वीकृत भएको छ । उक्त नाम सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रस्ताव गरेको थियो ।  नेकपाको प्रस्तावको पक्षमा ३७ मत आएको थियोे भने विपक्षमा ७० मत आएको थियो । 

प्रदेशसभामा १०७ सांसद छन् र, नामबारे निर्णय गर्न चाहिने दुई तिहाई अर्थात ७२ सांसद कुनै पनि पार्टीसँग छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *