मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन लम्ब्याउने सरकारकाे तयारी !

चैत्र १६, काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन थप एकसाता लम्ब्याउने तयारी गरेको छ ।  

आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको मन्त्रिपरिषद् बैठकले नेपालमा बढेको कोरोनाको जोखिमलाई मध्येनजर गर्दै लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको बताइएको छ ।  

सरकारले गएको मंगलबार चैत ११ देखि १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लकडाउन गरिरहेको छ । लगातार थप पाँचौँ संक्रमित फेला परेपछि जोखिम न्यूनिकरण गर्न लकडाउन थप गर्न लागेको स्रोतको भनाइ छ ।  

स्रोतका अनुसार सरकारले निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने र अति विपन्नलाई केही राहत प्याकेज घोषणा गर्ने पनि तयारी गरेको छ । बैङ्कको व्याज मिनाहदेखि व्यवसायीहरुलाई कर्जा छुट, मजदुर बर्गलाई जीवन धान्न दिइने राहतकाे घाेषणा पनि गर्ने तयारी सरकारकाे छ ।  

शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगिसकेको छ भने विश्वभर ६ लाख बढी संक्रमित छन् । पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट ३० हजार ८ सय ५० जनाको मृत्यु भइसकेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 6 =