जफत गरिएको मास्क सर्वसाधरणलाई बितरण गर्न सरकारको निर्देशन

चैत्र ३, काठमाडौँ । प्रहरीले ठूलो संख्यामा जफत गरेको मास्क सर्वसाधरणलाई बितरण गर्न सरकारले निर्देशन दिएको छ ।   

प्रहरीले शनिबार, आइतबार र सोमबार गरी काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा छापा मारेर ठुलो संख्यामा जफत गरेको मास्क सर्वसाधरणलाई बितरण गर्न सरकारले निर्देशन दिएको हो।   

सोमबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बृहद जनहितलाई ख्याल गर्दै बरामद गरिएको मास्क मूल्य र नमुनासहितको अभिलेख राखेर वितरण गर्न प्रहरी प्रमुख (आईजीपी) ठाकुर प्रसाद ज्ञवालीलाई लिखित निर्देशन दिएका हुन् ।   

कोरोना असर : सतुंगलबाट ठूलो परिमाणमा मास्क बरामद

कोरोना भाइरसको संक्रमणको त्रास बढेसँगै व्यपारी व्यवसायीहरुले मास्कको कालोवाजारी गरेपछी छापा मार्दा उक्त मास्कहरु ठूलो परिमाणमा फेला परेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =