युरोपा लिग : घरेलु टोलीमाथि म्यानचेस्टरको ५ गोल

फागुन ३०, काठमाडौं । युरोपा लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले फराकिलो जित निकालेको छ । 

युनाइटेडले घरेलु टोली अष्ट्रियन क्लब लास्कमाथि ५-० को फराकिलो जित निकालेको हो । युनाइटेडको जितमा ओडीअन इगहालो, डानियल जेम्स, जुआन माटा, मासन ग्रीनवुड र आन्द्रेस पेरेइराले एक एक गोल गरेका थिए । 

जितसँगै युनाइटेडले युरोपा लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा हुने दोस्रो लेगमा यही नतिजा कायम गर्न सके युनाइटेड अघिल्लो चरणमा प्रवेश गर्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *