अफिसमा ८ घण्टाभन्दा बढी काम गर्नेलाई डिप्रेशनको समस्या

फाेटाेः गुगल 

चैत्र ५, काठमाडौं । हप्तामा एक दिन पनि छुट्टी नलिइ अफिसमा ८ घण्टाभन्दा बढी काम गर्ने व्यक्तिहरुलाई विभिन्न प्रकारका रोगले सताउन थालेको छ । आफ्नो सपना पूरा गर्ने बाहानामा निर्धारित समयभन्दा बढी अफिसमा बिताउने थुप्रै युवाहरुमा मानसिक र शारीरिक समस्याहरु देखिन थालेको छ । 

हाइपरटेन्शन, हृदयघात, एन्जाइटी, स्ट्रोक, डिप्रेशन, मासंपेशीको दुखाइ, ढाड र कम्मरको दुखाइ, स्लिप डिस्क र सर्भाइकल पेन जस्ता समस्याहरु अफिसमा लामो सयम व्यतित गर्ने युवाहरको समस्या हो । 

Image result for डिप्रेशन

अफिसमा धेरै समय बिताउने युवाहरुमा चिढिने र नकारात्मक सोचाइ बढिरहेको छ । अत्याधिक समय शारीरिक रुपमा सक्रिय रहँदा मानसिक रुपमा थाक्ने हुँदा उनीहरुमा विस्तारै विस्तारै दिक्दारीपन बढ्दै जान्छ । यति मात्र होइन यसका कारण युवाहरुमा डिप्रेसनको समस्या पनि पैदा हुने गर्छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 2 =