नियमित स्वास्थ्य परीक्षण र शल्यक्रिया चैत मसान्तसम्म बन्द गर्न निर्देशन

चैत्र ८, काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण र शल्यक्रिया चैत मसान्तसम्म बन्द गर्न निर्देशन दिइएको छ । काठमाडौं उपत्यकाका ५० शैय्या र सोभन्दा माथिका अस्पताललाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सम्बन्धी सेवा बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो।
मन्त्रालयले देशै भरका अस्पतालबाट दिइने नियमित आकस्मिक सेवा संचालनमै रहे पनि बिरामीलाई थप जोखिमबाट बचाउन र अनावश्यक भीडभाड कम गर्न विस्तारित स्वास्थ्य सेवा २ हप्ताका लागि रोक्न आग्रह गरेको हो।
मन्त्रालयले विज्ञप्तिमा भनेको छ, नियमित चेकअपमा आउने बिरामी तथा पछि गर्दा हुने शल्यक्रिया २ हप्तासम्म रोक्न अनुरोध गर्दछौँ ।

कोरोनाको सम्भावित संक्रमण देखिएमा सोही अस्पतालमा उक्त बिरामीलाई आइओलेसनमा राखी नमूना संकलन गर्ने र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।








