प्रतिएमबी ५ पैसामै नेपाल टेलिकमको लार्ज डाटा प्याक

फागुन १८, काठमाडौं । नेपाल टेलिकमले करिब पाँच पैसामै धेरै डाटा प्याक उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ । 

यो प्याक एक पटक सब्स्क्राइब गरे पछि लामो समयसम्म चलाउन पाइन्छ र तुलनात्मक रुपमा निकै सस्तो पर्दछ ।   

कसरी लिने डाटा ?   

null

कम्पनीले यस ३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिन सम्म चलाउन सकिन्छ । यस प्याकको मूल्य १ हजार ६ सय रुपैयाँ छ । त्यसैगरी ६० जीबी प्याक १ सय ८० दिन सम्म प्रयोग गर्न सकिन्छ । यसको मूल्य ३ हजार रुपैयाँ छ ।   

यसरी प्याक प्रयोग गरी डाटा चलाउँदा प्रतिएमबी करिब ५ पैसा मात्र खर्च लाग्दछ । उल्लेखित रकम करसहितका हुन् ।   

लार्ज डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट एस्ट्रिक १४१५ ह्याच डायल गरेर विन्टर अफर अन्तर्गतको लार्ज डाटा प्याक छनोट गर्नु पर्दछ ।   

त्यस्तै सिधै एस्ट्रिक १४१५ एस्ट्रिक १ एस्ट्रिक ७ ह्याचडायल गरेर पनि यो सेवा प्राप्त गर्न सकिन्छ ।   

त्यसपछि आफूलाई आवश्यक ३० जीबी डाटाका लागि १ र ६० जीबी डाटाका लागि २ छनोट गरी प्याक लिन सकिन्छ ।   

आफूले प्रयोग गरिरहेको मोबाइलमार्फत एसएमएस पठाएर पनि यी प्याकहरु सब्स्क्राइब गर्न सकिन्छ । यसका लागि क्रमशः डाटा ३० लजीबी वा डाटा ६० जीबी लेखेर १४१५ मा एसएमएस पठाउनु पर्दछ ।   

नेपाल टेलिकमको वेबसाइटमा दिइएको विभिन्न प्याकेज मध्ये लार्ज डाटा प्याक छनोट गरेर वा सेल्फ केयर अकाउन्टमा रजिष्टर गरेर पनि यी प्याकेज खरिद गर्न सकिन्छ ।   

त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याक खरिद गरी प्रयोग गर्न सकिन्छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *