प्रधानमन्त्रीको प्री-ट्रान्सप्लान्ट डायलाइसिस गरियो, बुधबार बिहान ९ बजेदेखि प्रत्यारोपण सुरु हुने

फागुन २० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी पूरा भएको छ। मंगलबार प्रत्यारोपण अगाडि प्रधानमन्त्री ओलीको प्री-ट्रान्सप्लान्ट डायलाइसिस र अन्य स्वास्थ्य परीक्षण पनि गरिएको छ।
उनको बुधबार बिहान ९ बजेदेखि मिर्गौला प्रत्यारोपणको काम सुरु हुने अस्पताल स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीसँगै उनलाई मिर्गौला दिने भाञ्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य परीक्षण पूरा भएको छ ।

उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार कुनै पनि बिरामीले जटिल प्रकारको शल्यक्रिया गर्नु १२ घन्टा अगाडि खानेकुरामा चिकित्सले निगरानी गर्ने हुँदा प्रधानमन्त्री ओली (मामा) र समीक्षा संग्रौला (भाञ्जी)लाई बिहान सादा खानेकुरा मात्र खान दिइएको छ।
मंगलबार साँझबाट दुवैलाई खान नदिई खाली पेट राखिने छ ।
१३ वर्षअघि भारतको अपोलो अस्पतालमा पहिलो पटक युरोलोजिस्ट डा. अनन्तकुमारसहितको टोलीले ओलीको मिर्गौला प्रत्यारोपण गरेका थिए। डा. अनन्तकुमारलाई मेडिकल काउन्सिलले दोस्रो प्रत्यारोपणमा सघाउन सोमबारदेखि एकसाताको अनुमति दिएको छ।
कुनै पनि विदेशी चिकित्सकले नेपालमा आएर सेवा प्रदान गर्न काउन्सिलको अनुमति दिनु पर्ने प्रावधानअनुसार डा. अनन्तलाई एक हप्ता नेपालमा बसी उपचारमा सहभागी हुन अनुमति दिएको हो।
३५ वर्षदेखि मिर्गौला प्रत्यारोपणमा सक्रिय डा. अनन्तकुमारले ३५ सय बढी मिर्गौला प्रत्यारोपण गरिसकेको जनाइएको छ ।
मामा भाञ्जी दुवैको बुधबार ९ बजे एक साथा शल्यकिया शल्यकृया हुने छ।
शिक्षण अस्पतालका युरोलोजिल्ट डा उत्तम शर्माशहितको टोली भाञ्जी समिक्षाको शल्यकृयामा सहभागी हुनेछन् ।
झिकिएको मिर्गौला प्रत्यारोपण गर्न युरोलोजीस्ट तथा सर्जन डा. प्रेम ज्ञवालीसहित भारतबाट आएका चिकित्सक डा. अनन्तकुमारको टोली रहने छ। प्रत्यारोपण सकिन करिब ६ घण्टा लाग्ने चिकित्सकहरुले बताएका छन्।








