टोटनह्याम च्याम्पियन्स लिगबाट बाहिरियो

फागुन २८, काठमाडौं । प्रिमियर लिग क्लब टोटनह्याम च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । 

लिग अन्तर्गतको अन्तिम १६ को दोस्रो लिगमा जर्मनी क्लब आरबि लेइपजिंगसँग ३-० ले पराजित हुँदै टोटनह्याम प्रतियोगिताबाट बाहिरिएको हो । आरबि लेइपजिंगको जितमा मार्सल साबिटजेरले दुई गोल गरे भने एमिल फोर्सबर्गले एक गोल गरेका थिए । 

टोटनह्याम समग्रमा ४-० ले पराजित हुदै लिगबाट बाहिरियो । आफ्ना प्रमुख खेलाडी ह्यारी केन र सन हेंग मिन इन्जुरीका कारण बाहिर भएको मुल्य टोटनह्यामले चुकाएको देखिएको छ  । 

पछिल्लो हारसंगै यससिजन समेत टोटनह्याम उपाधि विहिन हुने पक्का भएको छ भने यो जितपछि आरबी लेइपजिंग च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *