कोराना फैलिन नदिन बिभिन्न देशले अप्नाए फरक-फरक उपाय

  

फाेटाेः गुगल 

चैत्र ४, काठमाडाैँ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न विभिन्न देशले फरक फरक उपाय अपनाएका छन् ।   

Image result for कोरोना भाइरस

साउदी अरब र संयुक्त अरब इमरेट्स (युएई) ले चलचित्रहरु बन्द गराएका छन् । साउदी अरबका अधिकारीहरुले कम्तीमा दुई हप्ताका लागि चलचित्र हलहरु बन्द भएको घोषणा गरेका हुन् । साउदी अरबमा अहिलेसम्म ११८ जनामा कोरोना भाइरसका सङ्क्रमण देखिएको छ ।   

यसैगरी युएईका अनुसार चलचित्रसहित धेरै भीड हुने ठाउँहरु तत्काल बन्द गर्न निर्देशन दिइएको छ । उनीहरूले सामाजिक सञ्जाल ट्वाटरमार्फत नाटक घर, खेलमैदान विद्युतीयमाध्यमबाट खेलिने मनोरञ्जन केन्द्र, फिटनेस तथा जीम खाना र स्पा गराउनेलगायत बन्द गर्न लगाएको जनाएका छन् । 

यो निर्णय कम्तीमा मार्च महिनाभरि लागू हुने अधिकारीहरु जानकारी दिका छन् । यसैगरी  भारतको श्रीनगरमा सार्वजनिक तथा निजी बगैँचा र पार्कहरु बन्द गर्न लगाइएको छ ।  स्थानीय एक सरकारी अधिकारीले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि यहीँ निर्णय लागू हुन जनाएका छन् । श्रीनगरमा अहिलेसम्म कम्तीमा दुई जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।   

उता, अमेरिकाको महत्वपूर्ण शहर न्यूयोर्क  पनि सार्वजनिक विद्यालयहरु बन्दको घोषणा गरिएको छ ।  न्यूयोर्क सिटीमा मेयर विल डे ब्लासियोले आगामी अप्रिल २० तारिखसम्म नगरअन्तर रहेका सबै सार्वजनिक विद्यालय बन्द गर्न निर्णय जानकारी गराए । उनले अहिले धेरै संवेदनशिल भएकाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन यस्तो निर्णय गर्नु परेको बताए । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *