अमेरिकी उपराष्ट्रपतिको कोरोना परीक्षण
२०७६ चैत ९ गते

चैत्र ९, एजेन्सी। अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नीलाई कोरोनाभाइरस संक्रमण नदेखिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।
उपराष्ट्रपतिका प्रेस सचिव क्याटी मिल्लरले ट्वीट गर्दै उपराष्ट्रपति पेन्स र उनकी पत्नी कारेन पेन्स दुबैको स्वास्थ्य परीक्षण गर्दा कोविड–१९ को संक्रमण नदेखिएको जानकारी दिएका छन्।
यसअघि उपराष्ट्रपति पेन्सले आफ्नो कार्यालयमा कार्यरत एक कर्मचारीमा भाइरसको संक्रमण देखिएपछि स्वास्थ्य परीक्षण गर्ने बताएका थिए।
null
२०७६ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित










