अक्सिडेन्टल पब्लिक स्कुलको सत्ताइसौँ वार्षिकोत्सव

फागुन १९, काठमाडाैँ । अक्सिडेन्टल पब्लिक  स्कुल अनामनगरको सत्ताइसौँ वार्षिकोत्सव तथा अभिभावक दिवस प्रज्ञा पैतिष्ठानमा सम्पन्न भएको छ । 

विद्यादय व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. सिद्धि प्रसाद कोइरालाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय योगेश कुमार भट्टराईले देशको आर्थिक समृद्धिका लागि शैक्षिक पूर्वाधार अपरिहार्य रहेको कुरा बताउँदै अन्तर्राष्ट्रिय क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न विद्यालय अघि सर्नु पर्ने बताए ।  

अन्धविश्वास, अशिक्षा र पछौटेपनको अन्त्यका लागि शिक्षाको महत्व रहेको उल्लेख गर्दै  भविष्यमा राष्ट्रपति, डाक्टर, इन्जिनियर विद्यालयबाटै उत्पादन हुने कुरा उहाँले व्यक्त गर्दै अक्सिडेन्टल यस्तो जनशक्ति उत्पादन गर्न पछि पर्न नहुने विचार उनकाे थियो । 

कार्यक्रमका विशेष अतिथि राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवालीले भुकम्प पछिको पुननिर्माणमा आफूले विद्यालयको निर्माणलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै देशका सबै विद्यालयहरुले आफ्नो भौतिक संरचनामा जोड दिनु पर्ने कुरा बताए। शरीर स्वस्थ्य रहेमात्र मानिसले हरेक क्षेत्रमा उन्नति गर्ने बताउँदै विद्यालयको भौतिक वातावरण सुढृढ भए मात्र विद्यार्थीले आफ्नो प्रतिभा प्रस्फुटन गर्न सक्ने उनको दावी थियो । 

कार्यक्रममा विद्यालयका प्र.अ. टेकबहादुर पौडेलले विद्यालयको वार्षिक गतिविधि प्रस्तुत गर्नुका साथै विद्यार्थीहरुले गीत, संगीत, नृत्य तथा नाटकका माध्यमबाट आफ्ना प्रतिभा पस्किएका थिए । नेपालको साँस्कृतिक विविधता झल्कने उक्त कार्यक्रम उपस्थित सम्पुर्ण अभिभावकहरुले उत्साहका साथ अवलोकन गरेको कुरा शिक्षक तुल्सी प्रसाद घिमिरेले बताए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eleven =