कोरोना अपडेटः ज्यान गुमाउनेकाे संख्या २४ हजार नाघ्याे, ५ लाख बढी संक्रमित

चैत्र १४, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनको संख्या २४ हजार नाघेको छ भने ५ लाख बढी संक्रमित छन् । 

विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ९२ जनाको मृत्यु भएको हो भने ५ लाख ३२ हजार ६७० जना संक्रमित छन् । 

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ सङ्क्रमित मध्ये एक लाख २४ हजार ३४९ जना उपचारपछि घर फर्किएका छन् । 

सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ ।  यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ । 

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण आठ हजार २१५ जनाको मृत्यु भएको छ । हाल ८० हजार ५८९ जना सङक्रमित रहेका छन् ।  दश हजार ६१ व्यक्ति उपचारपछि घर फर्किएका छन् । 

कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा ४ हजार ३६५ जनाको मृत्यु भएको छ । हाल ५७ हजार ७८६ जना सङक्रमित रहेका छन् ।  शुक्रबार प्राप्त एक समाचारकाअनुसार सात हजार १५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । 

कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार २९२ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार ३४० जना सङ्क्रमित रहेका छन् । यसैबीच ७४ हजार ५८८ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।  

इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण २ हजार २३४ जनाको मृत्यु भएको छ । हाल २९ हजार ४०६ जना सङक्रमित रहेका छन् । दश हजार ४्र५७ जना उपचारपछि घर फर्किएका बताइएको छ । जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण २६७ व्यक्तिको मृत्यु भएको छ । हाल ४३ हजार ९३८ जना सङक्रमित रहेका छन् । यसैबीच पाँच हजार ६७३ उपचारपछि निको भएर घर फर्किएका छन् । 

संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार ३०० जनाको मृत्यु भएको छ । हाल ८५ हजार ५९४ जना सङक्रमित भने १ हजार ८६८ उपचारपछि निको भएर घर फर्किएका छन् । फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण एक हजार ६९६ जनाको मृत्यु भएको छ । शुक्रबार प्राप्त एक समाचारअनुसार २९ हजार १५५ सङ्क्रमित रहेका छन् भने चार हजार ९४८ उपचारपछि घर फर्किएका छन् ।  

जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण २६७ व्यक्तिको मृत्यु भएको छ । हाल ३७ हजार ३२३ जना सङक्रमित रहेका छन् । यसैबीच तीन हजार ५४७ उपचारपछि निको भएर घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १३९ व्यक्तिको मृत्यु भएको छ । नौ हजार ३३२ सङ्क्रमित भएका छन् ।  चार हजार ५५८ उपचारपछि निको भएर घर फर्किएका छन् । 

बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण ५७८ व्यक्तिको मृत्यु भएको छ । एघार हजार ६५८ सङ्क्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण २२० व्यक्तिको मृत्यु भएको छ । छ हजार ९३७ सङ्क्रमित भएका छन् । यसैबीच ६७५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । 

नेपालमा अहिलेसम्म ३ जना संक्रमित छन् जसमध्ये एक जना उपचारपछि निको भइसकेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *