संसदमा कोरोनाको चर्चा, उच्च सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण
२०७६ फागुन १९ गते

फागुन १९, काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले कोरोना भाइरसको सङ्क्रमणबाट नेपालीलाई जोगाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरु अञ्जना विशुन्खे, अतहरकमाल मुसलमान, एकवल मियाँ, कलिला खातुन, तुलसा थापा, कृष्णभक्त पोख्ररेल, खगराज अधिकारी, गङ्गा चौधरी, छक्कबहादुर लामा, जिपछिरिङ लामा, जीवनराम श्रेष्ठ र जुलीकुमारी महतोले कोभिड–१९ बाट बच्नका लागि उच्च सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
चीनबाट फैलिएको कोरोना भाइरस विश्वका ६४ मुलुकमा फैलिसकेको, तीन हजारभन्दा बढि मानिसको ज्यान गइसकेको तथा झण्डै ८९ हजार मानिसमा सङ्क्रमण देखिएको जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले समेत नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताउँदै आएको छ ।
२०७६ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित








