नेपालबाट अस्ट्रेलिया फर्किएका युवामा भेटियो कोरोना भाइरस
२०७६ फागुन २५ गते

फाेटाे स्राेतः गुगल
फागुन २५, काठमाडौँ । करिब २ हप्ता अघि नेपालबाट अस्ट्रेलिया फर्केका एक २० बर्षिय युवामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
अस्ट्रेलियाका सञ्चारमाध्यमका अनुसार फेब्रुअरी २७ मा नेपालबाट अस्ट्रेलिया फर्किएका विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।

कोरोना संक्रमित ती विद्यार्थी नेपालबाट सिंगापुरको ट्रान्जिट हुँदै अस्ट्रेलियाकाे सिड्नीबाट होर्बाट पुगेका थिए ।
अस्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीले हाल उनको उपचार आइसोलेसनमा राखेर गरिएको जानकारी दिए पनि उनको परिचय भने खुलाएको छैन ।
२०७६ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित








