कोरोनाको आशंकामा अस्पताल भर्ना भएका एक व्यक्ति फरार !

फागुन २२, काठमाडौं । कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना भएका एक नेपाली अस्पतालको झ्यालबाट हाम फालेर भागेका छन् ।   

सुनसरी घर भएका एक युवक बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका  थिए। भर्ना भएको राति नै उनी अस्पतालको झ्यालबाट हाम फालेर भागेको अस्पताल श्रोतले जनाएको छ ।   

उनी अहिलेसम्म नफर्केका कारण प्रहरी नै लगाएर उनको खोजी भइरहेको अस्पतालले जनाएको छ। 

उनी कोरियाबाट फर्किएका नेपाली हुन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − one =