अफिसमा ८ घण्टाभन्दा बढी काम गर्नेलाई हृदयघातदेखि डिप्रेशनसम्मकाे समस्या !

फागुन २४ । आफ्नो सपना पूरा गर्ने बाहानामा निर्धारित घण्टाभन्दा बढी सयम अफिसमा बिताउने थुप्रै युवाहरुमा मानसिक र शारीरिक समस्याहरु देखिन थालेको छ ।  

हप्तामा एक दिन पनि छुट्टी नलिइ अफिसमा ८ घण्टाभन्दा बढी काम गर्ने व्यक्तिहरुलाई विभिन्न प्रकारका रोगले सताउन थालेको छ ।  

हाइपरटेन्शन, हृदयघात, एन्जाइटी, स्ट्रोक, डिप्रेशन, मासंपेशीको दुखाइ, ढाड र कम्मरको दुखाइ, स्लिप डिस्क र सर्भाइकल पेन जस्ता समस्याहरु अफिसमा लामो सयम व्यतित गर्ने युवाहरको समस्या हो ।  

अफिसमा धेरै समय बिताउने युवाहरुमा चिढिने र नकारात्मक सोचाइ बढिरहेको छ । अत्याधिक समय शारीरिक रुपमा सक्रिय रहँदा मानसिक रुपमा थाक्ने हुँदा उनीहरुमा विस्तारै विस्तारै दिक्दारीपन बढ्दै जान्छ । यति मात्र होइन यसका कारण युवाहरुमा डिप्रेसनको समस्या पनि पैदा हुने गर्छ । 

स्वास्थ्य विशेषज्ञका अनुसार आफ्ना लक्ष्य र सपना पूरा गर्न मेहनत गर्नु नराम्रो कुरा त होइन तर आफ्नो स्वास्थ्यको ख्याल गर्नु सबैभन्दा पहिलो कुरा हो । 

त्यसको लागि प्राणायाम गर्ने, शवासन गर्ने, तातो दूध पिउने र मनपर्ने गीत सुन्ने गर्नुपर्छ । साथै, परिवारसँग १० मिनेट समय बिताउने गर्ने र आफूमा आत्मविश्वास बढाउने गर्नुपर्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *