उदिपको बेहुली बन्दा यस्ती देखिन् नायिका आँचल (फोटो फिचरसहित)

फागुन ३०, काठमाडौँ । नायिका आँचल शर्माले प्रेमी डा. उदिप श्रेष्ठसँग बिवाह गरेकी छिन् ।  उनीहरुको बिवाह काठमाडौँको बुढानिलकण्ठ स्थित पार्क भिलेजमा सम्पन्न भएको हो ।   

आफ्नो डेढ वर्षदेखिको प्रेमलाई बिवाहमा परिवर्तन गरेकी आँचलले बिहिबार श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् ।   

हिन्दू परम्परा अनुसार  आफन्त, साथीभाई र सिमित चलचित्रकर्मीको उपस्थितिमा मात्र बिवाह गरेकी आँचलको बिवाहको दिन कुनैपनि  मिडियालाई भिडियो तथा फोटो खिच्न अनुमति दिईएको थिईन् ।   

Image may contain: 4 people, people standing

आँचलले ६ महिना अघिमात्र उदिपसँगको प्रेम सम्बन्ध सार्वजनिक गरेकी थिईन् भने फागुन १३ गते  उदिपसँग इङ्गेजमेन्ट गरेकी थिईन् ।   

बिवाहकै दिन आँचलले आफ्नो  बिवाहको केही फोटो सामाजिक संजाल मार्फत शेयर गर्दै आफ्नो बिवाहलाई बिशेष बनाई दिने सबैलाई धन्यवाद समेत दिएकी थिईन् ।  उनले आफ्नो आधिकारिक फेसबुक अकाउण्डमा बिवाहको फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘म र मेरा लागि सधैं’ क्याप्सन लेख्दै विवाहलाई विशेष बनाउन साथ दिने सम्पूर्णलाई धन्यवाद ।’ 

आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह आयोजना गरिको थियो । मेहेन्दीको कार्यक्रममा आँचलले आफ्नो हातमा उदिपको नाम लेखेकी थिईन् भने उदिपले पनि आफ्नो हातमा आँचलको नाम लेखेका थिए । यी दुईले आफ्नो बिवाहको पार्टी भने चैत्र १ गते अर्थात भोलि शनिबार दिने भएका छन् ।   

चलचित्र ‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी आँचलले चलचित्रका साथै म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।   

तस्बीरः आँचल शर्मा फेसबुक 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *