आज चैत्र ८ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग  

बि.सं. चैत ०८, २०७६ । इ.सं. 21 March, 2020 । शक संवत १९४१ । नेपाल संवत ११४० चिल्लागा । रिधावी उत्तरायण वसन्त । शनिवार चैत्र कृष्णपक्ष । तिथि द्वादशी , ९:०३ बजे उप्रान्त त्रयोदशी । नक्षत्र धनिष्ठा , २०:३१ बजे उप्रान्त शतभिषा । योग सिद्ध, १३:३२ बजे उप्रान्त साध्य । करण तैतिल ९:०३ बजेदेखि गर, २१:४२ बजे उप्रान्त शकुनि । चन्द्रराशि मकर । आनन्दादी योग वर्द्धमान । दिनमान ३०।१६ । सूर्योदय ६:०९ । सूर्यास्त १८:१५ । 

राशिफल 

null

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । भाग्यले साथ दिनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । भूमि लाभ रहला । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । नजिकका व्यक्तिबाट धोका पाइएला । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रमाइलो यात्राको योग रहेको छ । धर्म,कर्ममा मन लाग्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । विद्या र बुद्धिको विकास हुनेछ । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भाग्यले विभिन्न अवसर जुराउनेछ । शिक्षामा सफलता पाईनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सानातिना समस्यामा अल्झिनुपर्नेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आफूलाई कमजोर भएको अनुभूतिपनि हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।  

– ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + one =