हिजो भाडामा बस्ने नेहाको अहिले छ यस्तो बंगला

फागुन ३०, काठमाडौं । इण्डियन आइडल सिजन २ बाट एक प्रतियोगीको रुपमा करिअर सुरुवात गरेकी नेहा आज भारतकी चर्चित गायिकाका रुपमा स्थापित छिन् । 

यहाँसम्मको उनको यात्रा त्यति सहज थिएन । नेहाले आफ्ना पुराना दिनहरु धेरै पटक सम्झिन्छिन् । हालसालै नेहाले आफ्नो बचपनाको याद गर्दै पुरानो र अहिले बनेको नयाँ घरको तस्विर समेत सार्वजनिक गरेकी छिन् । 

ऋषिकेशमा नेहाको बचपना सानो घरमा बितेको थियो, आज बंगलामा बस्छिन् । 

नेहाले तस्विर सार्वजनिक गर्दै क्याप्सन लेखेकी छिन्– ‘यो त्यो बंगला हो जुन अहिले हाम्रो हो । दोस्रो घर जहाँ मेरो जन्म भएको थियो । त्यो घरमा हामी कक्कड परिवार एउटै कोठामा बस्थ्यौँ । त्यहाँ मेरी आमाले एउटा टेबल राखेकी थिइन् जुन हाम्रो भान्छाकोठा थियो । त्यो घर हाम्रो थिएन, भाडामा बस्थ्यौँ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 17 =