नेविसंघले सुरु गर्यो निःशुल्क मास्क वितरण अभियान

फागुन १५, काठमाडौं । नेपाल विद्यार्थी संघले आज कोरना भाइरसको प्रकोपबाट बच्नका लागि काठमाडौंको बानेश्वरमा सर्वसाधारणलाई एक हजार मास्क वितरण गरेको छ ।
नेपाल विद्यार्थी संघ भ्याली इन्जिनियरिङ कलेजका सभापति विवेक बस्नेतको सभापतित्वमा आयोजना भएको मास्क वितरण कार्यक्रमको नेविसंघकी महामन्त्री महेश्वरी कुँवरले गरेको कार्यक्रममा सहभागी नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले जानकारी दिए।
उनका अनुसार मास्क वितरण कार्यक्रममा नेपाल विद्यार्थी संघका नेता दुजाङ शेर्पा, संघका निवर्तमान केन्द्रिय सदस्य संजिब खड्का, संघका नेपाल कमर्स क्याम्पसका सभापति सरोज तिमल्सिना लगायतको सहभागीता रहेको थियो ।

नेपाल विद्यार्थी संघ भ्याली इन्जिनियरिङ क्याम्पसले सुरु गरेको यो निः शुल्क मास्क वितरण कार्यक्रमलाई नेपाल विद्यार्थी संघले देशभर सञ्चालन गर्ने पनि शाहले जानकारी दिए।
कार्यक्रमलाई उद्घाटन गर्दै सम्बोधन गर्ने नेपाल विद्यार्थी संघका सबै नेताहरूले अन्य देशका जनता बिरामी पर्दा अस्पताल जाने गरेको तर नेपालका जनता बिरामी पर्दा उल्टै अस्पतालबाट भाग्ने गरेको भन्दै अस्पतालमा सुरक्षाको अनुभुति गराउन सरकारसँग माग गरेका थिए।








