मेस्सी र रोनाल्डोलाई पछि पार्दै एमबाप्पे बने विश्वकै मूल्यवान खेलाडी

  

ट्रान्सफरमार्केटले सार्वजनिक गरेको एक अध्ययन अनुसार फ्रान्सका १९ वर्षीय युवा स्टार एमबाप्पे मेस्सी र रोनाल्डोलाई पछि पार्दै मूल्यवान खेलाडी बनेका हुन् । खेलाडीको विभिन्न पक्षबारे अनुसन्धान गर्दै उक्त संस्थाले प्रतिवेदन तयार पारेको थियो ।   

सो प्रतिवेदन अनुसार एमबाप्पेले आफ्नै टिममेटसमेत रहेका ब्राजिलियन नेइमारलाई पनि पछि पारेका छन् । एमबाप्पेको मूल्य १ सय ८९ मिलियन पाउण्ड रहेको छ भने मूल्यवान खेलाडीको दोस्रो स्थानमा रहेका स्ट्रर्लिङको मूल्य १ सय ५१ मिलियन पाउण्ड रहेको छ । 

पीएसजीकै फरवार्ड नेयमार तेस्रो, लिभरपुलका साडियो माने चौंथो र मोहमद सलाह पाँचौं स्थानमा रहेका छन् । नेयमारको मूल्य १ सय ५१ मिलियन पाउण्ड रहदा माने र सलाहको मूल्य समान १ सय ४१ मिलियन पाउण्ड रहेको छ । 

मूल्यवान १० मुल्यवान खेलाडी 

केलियन एमबाप्पे, पिएसजी- २१८.५ मिलियन युरो 

ह्यारी केन, टोटनह्याम- २००.३ मिलियन युरो 

नेइमार जुनियर, पिएसजी- १९७.१ मिलियन युरो 

रहिम स्ट्रलिङ, म्यानचेस्टर सिटी- १८५.८ मिलियन युरो 

मोहमद सालाह, लिभरपुल- १८४.३ मिलियन युरो 

पाउलो डिबाला, युभेन्टस- १७१.९ मिलियन युरो 

लिओनल मेस्सी, बार्सिलोना- १७१.२ मिलियन युरो 

रोमेलु लुकाकु, म्यानचेस्टर युनाइटेड- १६२.० मिलियन युरो 

फिलिपे कोउटिन्हो, बार्सिलोना- १५७.० मिलियन युरो 

साने, म्यानचेस्टर सिटी- १५६.१ मिलियन युरो 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *