भारतसंग जोडिएको सीमा क्षेत्रलाई तत्कालै पूनरावलोकन गरी नयाँ नक्सा जारी गर्न माग

चैत्र ५, काठमाडौँ। अन्तर्राष्ट्रिय सीमा सरोकार समूहले कञ्चनपुर जील्लामा भारतसंग जोडिएको सीमा क्षेत्रलाई तत्कालै पूनरावलोकन गरी नयाँ नक्सा जारी गर्न सरकारसंग आग्रह गरेको छ ।  

सुदुरपश्चिम् प्रदेशका बिभिन्न नौ स्थानमा भारतले अतिक्रमण गरेकोमा सरकारलाई यसप्रति ठोस कदम चाल्न र तत्कालै अनुगमन टोली पठाई पूनरावलोकन गर्न सीमा सरोकार समूहले आग्रह गरेको हाे ।   

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी कञ्चनपुरमा भारतीय पक्षद्वारा गरिएको आक्रिमणमा रोक लगाई पूनरोवलोकन गर्न आग्रह गरेको छ । कञ्चनपुर जील्लामा अतिक्रमित क्षेत्रमा विगतदेखि नेपाली नागरिकले भोगचलन गरी आएको जमिनलाई अचानक भारतले आफ्नो नक्सामा राखेकोमा सीमा सरोकार समूहले सरकारको ध्यानाकार्षण गराएको हो ।     

कार्यक्रममा सरोकार समूहका संयोजक पल्लवराज भट्टले कञ्चनपुर जिल्लावासीको पहलमा अन्तर्राष्ट्रिय सीमा सरोकार समूहको निर्माण भएको बताएका छन् । भारतद्वारा अतिक्रमित क्षेत्रको विषयलाई अन्राष्ट्रियकरण गर्न समूह नेपाल आएको उनले बताए । उनले भने,‘हामी प्रमाणसहित काठमाडौँ आएका छौँ, तत्कालै सरकारले प्रभावकारी कदम चाल्नुपर्छ ।’ सम्पूर्ण पीडित पक्षको आवाज गम्भिरतापूर्वक नेपाल सरकारले अतिक्रमित क्षेत्रलाई फिर्ता गराउनुपर्ने स्पष्ट पारेका छन् ।   

भूमिसुधार मन्त्रालयले पठाएको टोली भारतीय पक्षका क्षेत्रमा गएर उनकै नक्साको आधारमा पनि त्यहाँबाट रिपोर्टिङ मन्त्रालयलाई पठाएकोमा उक्त टोलीसमेतलाई कारवाही गर्न माग संयोजक भट्टले गरेका छन् । उनले हालै कञ्चनपुर जील्लामा निर्माणाधिन अवस्थामा रहेको हुलाकी सडकसमेतलाई भारतीय एसएसबीका जवानहहरुले आफ्नो क्षेत्र भनि उक्त सडकको निर्माणमा रोक लगाएकोमा सरकारलाई गम्भिर रुपमा प्रस्तुत हुन आग्रह गरेका छन् । 

त्यसैगरी कार्यक्रममा अन्तराष्ट्रिय सीमा सरोकार समूहका सदस्य ओमप्रकाश पन्तले आफुहरु रहरले काठमाडौँ नआएको जिकिर गरे । ‘हामी बाध्यताले काठमाडौं आएका हौं, राज्य गणतन्त्रात्मक प्रणाली गएतापनि हामीलाई भान भएको छैन् । सम्पूर्ण कार्य गर्न काठमाडौँनै आउनुपर्ने के हो ?।’   

नेपाली सीमा निरीक्षण टोलीले भारतकै सीमामा बसेर भारतकै निरीक्षण टोलीको मिलोमतोमा गरेको सर्बेमा उनीहरुले गौरव गरेको उल्लेख गर्दै पन्तले त्यसप्रति आपत्ति जनाए  । उनले राज्यपक्षबाट आएका टोली नेपाली सीमा टोलीप्रति गम्भिर नभएको कारण तत्कालै नयाँ टोली पठाई स्थानीय निकायसँगको विचारविर्मश गरी नयाँ नक्शा जारी गर्न सरकारसंग आग्रह गरे । 

  

त्यसैगरी कार्यक्रममा बेलौरी नगरपालिकाकी उप–मेयर चित्रकुमारी चौधरीले जनताको समस्यालाई लिएर आफूहरु संघीय राजधानी आएको उनले बताईन् । उनले भनिन्,‘आम्रो जन्मस्थल गुम्दैछ । हाम्रो समस्याको समाधानको लागि सरकारले तत्कालै पहल गर्नुपर्छ ।’ सरकारले तत्कालै प्रभावकारी कदम चाल्नु आवश्यक रहेको उनले आवश्यकत्ता औंल्याईन् ।   

अन्तर्राष्ट्रिय सीमा सरोकार समूहले विभिन्न ६ बुँदे मागसमेत अघि सारेको छ । जसमा जनता तथा जनप्रतिनिधिको सहभागिता बिना एकतर्फी रुपमा तयार गरिएको कञ्चनपुर जिल्लाको कथित स्ट्रिप नक्शालाई खारेज गरि,यसअघि सहमति भएका आधारहरुः ऐतहासिक दस्तावेज,भोगचलन, कित्ता नापी नक्साका तथा जग्गाधनी प्रमाण पुर्जा, जंगे पिलर, सीमासम्बन्धी अन्तराष्ट्रिय ऐन तथा कानुनका आधारमा नयाँ नक्सा तयार गर्न जनप्रतिनिधिको सहभागिता हुने गरि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा फिल्डमा कार्यरत टोलीमालाईनै अधिकार दिई तत्काल स्ट्रिप नक्शा पुनराबलोकन गरिनुपर्ने,  राष्टियस्तरमा सीमांकनसम्बन्धी भएको सहमति तथा निर्णयविपरित सीमा क्षेत्रमा रहेका जंगे पिलर एवं जनताको भोगाधिकार भइरहेको निस्सालाई समेत वेवास्ता गरी नेपालीको भूमि भारततर्फ पर्ने गरी स्ट्रिप नक्शा के कसरी तयार गरियो ?  

यसमा कुन कुन व्यक्ति या पक्ष सम्मिलित छन् ? सीमा सर्भे टोलीबाट के कति स्वार्थमा यस्ता कामहरु गरिए भन्ने कुराको तत्काल छानबीन गर्दै आवस्यक कार्वाही गरिनुपर्ने, स्ट्रिप नक्शालाई पुनराबलोकन गर्दा सुगौली सन्धि पश्चात स्थापना गरिएका आधार सीमा स्तम्भ (जंगे पिलर) लाईअन्तराष्ट्रिय सीमा रेखाङ्कनको मुख्य आधार बनाईयोस र नियतबस सारिएका, गायव गरिएका, भत्काइएका २०० नं., १९५ नं. लगायतका पिल्लरहरुलाई विज्ञानसम्मत तथ्यका आधारमा पुरानै ठाउँको खोजी गरि तत्काल पुनस्थापना गरिनुपर्ने, सारदा ब्यारेज को निर्माणको बेला देखी नेपाल तथा भारतबीच जग्गा सट्टा भर्ना सम्वन्धि भएको सहमति अनुसार जग्गाको यथार्थ बिवरण सार्बजनिक गरिनुपर्ने, नेपाली नागरिकहरुको भोगचलनमा भएको अतिक्रमित जमिन फिर्ता गरिनुका साथै सीमा रेखाङ्कनवाट प्रभाबित हुने जनताकोआवस्यक ब्यवस्थापन गरिनुपर्ने, सीमानामा हुने अतिक्रमण र ज्यादतिका बिरुद्धको संघर्षमा गोबिन्द गौतमले सहादत प्राप्त गरेको कुरा स्मरण गराउदै कञ्चनपुर जिल्लाको सीमा क्षेत्रमा हुने हरेक समस्याबाट जनताको सुरक्षाका खातिर प्रत्येक २ किमिमा सीमा सुरक्षा बल स्थापना गरिनुपर्ने रहेका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *