चितवनका चारै जनाको रिपोर्ट नेगेटिभ

चैत १६ चितवन।   चितवनबाट शनिबार कोरोना भाइरसको परीक्षणका लागि केन्द्रिय प्रयोगशालामा पठाइएको चारै जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । 

भरतपुर कोरोना अस्पतालमा उपचाररत आशिक पौडेल, सुशील चौधरी,  ममाकान्त भट्टराई र  पोशक पोखरेलको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले बताए । 

उक्त अस्पतालले आज पनि तीन जनाको नमूना परीक्षणका लागि स्वाब केन्द्रिय प्रयोगशाला पठाएको छ । 

त्यसैगरी, भरतपुर अस्पतालले आज ३ जनाको कोरोना नमुना संकलन गरी टेकु परीक्षणका लागि पठाएको छ ।   

ती मध्ये १ जना अस्पतालको आइसोलेसन वार्डमा रहेका छन् भने २ जना सेल्फ क्वारेन्टाइनमा  छन् ।   

अस्पतालमा आज ६ जना ज्वरोका बिरामी उपचारमा आएको सूचना अधिकारी लिलाधर पौडेलले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + one =