युभेन्टसका डिफेन्डरलाई कोरोना संक्रमणको पुष्टि

फागुन २९, काठमाडौं । युभेन्टसका डिफेन्डर डानीयल रुगानीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । युभेन्ट्सले रुगानीको कोरोना टेस्ट पोजेटिभ देखिएको जानकारी दिएको हो ।   

उनलाई आइसोलेसनमा राखिएको छ । २५ बर्षिय रुगानी यस सिजनमा युभेन्टसका लागि केवल ७ खेल खेलेका छन् भने पछिल्लो पटक इन्टरमिलानविरुद्ध बिना दर्शक खेलेको खेलमा पनि उनी बेन्चमा नै थिए ।   

पछिल्लो समय इटालीमा कोरोना महामारीको रुपमा फैलिएको छ । इटाली सरकारले देशमा आवतजावतमा पूर्ण रुपमा रोक लगाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *