कोरोना भाइरसलाई रक्सिले एक मिनेटमै मार्न सक्छ

फाेटाे स्राेतः गुगल 

फागुन २२ ।  उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाइरहेको छ। चीनमा मात्र कम्तिमा ३ हजार २ सय भन्दा बढि  मानिसको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ भने विश्वभर ९० हजार संक्रमित भएका छन्।   

यसरी विश्वभर यो रहस्यमयी भाइरसले मानवमाथि गम्भीर संकट उत्पन्न हुँदा वैज्ञानिकहरु यो भाइरस नियन्त्रणबारे खोज अध्ययनमा लागेका छन्। 

Image result for रक्सि

यहीबीचमा जर्मनीका दुईवटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको आयुबारे एक तथ्य पत्ता लगाएका छन्। उनीहरुले कोरोना भाइरस ३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा कमजोर हुने तथ्य पत्ता लगाएका हुन्। उनीहरुले तापक्रम बढेसँगै यो भाइरस कमजोर हुने दावी गरेको विभिन्न सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। 

अनुसन्धानकर्ताहरुले अल्कोहलले यो भाइरसलाई एक मिनेटमै मार्नेसमेत बताएका छन्। साथै डिसइन्फेक्टेट गरे यो भाइरस ३० सेकेण्डमै मर्ने जनाइएको छ। यो तथ्यले कोरोना भाइरसविरुद्धको लडाईँमा सफलता पाउन सकिने विश्वास अनुसन्धानकर्ताहरुको छ। एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =