भारतबाट नेपाल आएका ४१ जना टाँडीको क्वारेन्टाइनमा लगियो

चैत्र ११, विराटनगर । भारतबाट नेपाल आएका ४१ जनालाई मोरङस्थित टाँडी क्वारेन्टाइनमा लगिएको छ । 

जोगबनीबाट ३१ जना  र विराटनगर बसपार्कबाट १० जनलाई मोरङको टाँडी क्वारेन्टाइनमा लगिएको हो ।   

कोरोना भाइरस संक्रमणको त्राससँगै मंगलबारदेखि सरकारले नेपाललाई लक डाउनको घोषणा गरेको छ । विराटनगरका छोटो र लामो दुरीको सवारी साधानहरु पूर्णरुपमा निषेध गरिएका छन् ।   

साँझ साढे ६ बजे ४१ जनालाई नै लगिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मान बाहदुर राईले बताए ।  उनका अनुसार २ जना महिला र ४० जना पुरुष रहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 16 =