बक्सिङ फाइनलमा अस्मिता, तेक्वान्दोका सहयोगी सम्मानित

फागुन २१, काठमाडौं । भक्तपुरकी अस्मिता दुवाल चौथो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि भइरहेको बागमती प्रदेश खेलाडी छनोट प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेकी छन् । 

भक्तपुरमा जारी प्रतियोगिताको महिला ४८ केजी सेमिफाइनलमा अस्मिताले रामेछापकी सरस्वती बोहरालाई पराजित गरिन् । 

पुरुष ५२ केजीमा काठमाडौंका मदनकृष्ण डंगोलले मकवानपुरका बुद्ध लामालाई हराउदै फाइनलमा स्थान सुरक्षित गरे । ५६ केजीमा नुवाकोटका प्रशान्त लामाले काठमाडौंका सविन रजक र सिन्धुपाल्चोकका शक्ति लामाले रामेछापका अजय तामाङ, ६० केजीमा काभ्रेका सुरोज महर्जनले चितवनका विराज कार्की र काठमाडौंका मौसम राना मगरले सिन्धुपाल्चोकका अंकित शाही तथा ६४ केजीमा नुवाकोटका सौरव विमलीले रामेछापका सुमन श्रेष्ठ र काठमाडौंका अश्विन श्रेष्ठले चितवनका विवेक गुरुङलाई निराश पार्दै फाइनलमा स्थान बनाए । 

4.JPG

पुरुष ६९ केजीमा भक्तपुरका समन गोसाईंले चितवनका आदर्श सिग्देल तथा ७५ केजीमा सिन्धुपाल्चोकका कोशिस श्रेष्ठले रामेछापका श्रीयन्स प्रजापतिलाई पन्छ्याउँदै फाइनल यात्रा तय गरे । प्रतियोगिता बिहीबार सम्पन्न हुने छ । 

तेक्वान्दोका सहयोगी सम्मानित 

तेश्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दोका सहयोगी महानुभाव तथा संघ संस्थालाई बुधबार कदर पत्रबाट सम्मान गरिएको छ । प्रतियोगिता आयोजक युनाइटेड तेक्वान्दो डोजाङले सम्मान गरेको हो । प्रतियोगिता गत सेप्टेम्बर १२ देखि १५ गतेसम्म भएको थियो । 

मकाउ कन्सट्रक्सनका अध्यक्ष तान होन चियोङ लगायत २६ लाई कदर पत्रबाट सम्मान गरियो । प्रदेश सांसद् गणेशप्रसाद दुलाल, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानुबहादुर चन्द, प्रतियोगिता संयोजक कुमार लामा घिसिङलगायतले उनीहरुलाई सम्मान गरे । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − nine =