७८ हजार सर्जिकल मास्कसहित ८ पक्राउ

चैत्र १, काठमाडौं । प्रहरीले ७८ हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ गरेको छ । चर्को मूल्यमा विक्री गर्न लागेको उक्त मास्कसहित राजधानीबाट  ८ पक्राउ गरिएको प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् । 

पक्राउ पर्नेमा काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी ९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय र निर्प कार्की रहेका छन् । 

बोगटीका अनुसार उनीहरुले मास्कलाई ३१ रुपैयाँ होलसेल मूल्यमा बेचेर ५० रुपैयाँ खुद्रामा बेच्ने तयारी गरिएको पाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =