स्यालको आक्रमणबाट अछाममा ३ महिने शिशुको मृत्यु

चैत्र ८, अछाम । अछाममा स्यालको आक्रमणबाट ३ महिने शिशुको मृत्यु भएको छ । जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर १० लाँचि निवासी लाल बहादुर देउवा र धौलिदेवी देउवाकी ३ महिनाकी छोरी मैसरा देउवालाई बिहीबार  स्यालले मारेको प्रहरीले जनाएको छ । 

बालिका निदाएको बेला आफ्नै घरको आँगनमा सुताई राखेको बेला स्यालले बालिकालाई आक्रमण गरी मारेको प्रहरीले जनाएको छ । आमा घर नजिकै काम गर्न गएकी र घरमा कोही नभएको बेला बिहीबार  दिउँसो १२ बजेतिर स्यालले आक्रमण गरेको परिवारले जनाएको छ । 

मृतक बालिकाको शुक्रवार  जिल्ला अस्पताल अछाममा पोस्टमार्टम गरी शव आफन्तलाई बुझाइएको अछामका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + seventeen =