गायक प्रकाश दुतराजको ‘तिरिरि’ सार्वजनिक (भिडियोसहित)

चैत्र ४, काठमाडौं । गायक प्रकाश दुतराज र गायिका तृप्ती खडकाको स्वर रहेको तिरिरि बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

‘बैनी झ्यालैमा’ को अपार सफलतापछि सार्वजनिक भएको म्युजिक भिडियोमा गायक दुतराजकै स्वर, शब्द, संगीत र निर्देशन रहेको छ । उक्त भिडियोमा देबेन्द्र बब्लु र बिष्णु दगामी मगरको अभिनय रहेको छ । 

भिडियोको छायांकन करन चैसिरले गरेका हुन् भने सम्पादन प्रबिन भट्टले गरेका हुन् ।  

दुतराजले २०६० साल चैत्र ७ गते बेनीमा भएको आक्रमणको घटनालाई समेटी उक्त गीतको म्युजिक भिडियो तयार पारेका छन् । 

भिडियोः 

https://youtu.be/IUOtxMpsTe0 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *