विज्ञापनमा खेल्दा सलमान लिन्छन् एक दिनकै भारू ७ करोड

फाेटाे स्राेत: गुगल
फागुन २२, काठमाडौँ । बलिउडका चर्चित अभिनेता सलमान खानले विज्ञापनमा खेल्दा एक दिनको ७ करोड लिने रहस्य खुलेको छ । हालै सलमानले नयाँ रिलिज हुन लागेको मेवाइलको विज्ञापनमा एक दिनको भारु ७ करोड पारिश्रमिक लिएपछी उक्त रहस्य बाहिर आएको हो ।
५ दिन छायाँकन हुने बताईको उक्त मेवाइलको विज्ञापनमा उनले प्रत्येक दिनको भारु ७ करोड लिने गरेकाे बताईएको छ ।

मुम्बईको महबुब स्टुडियोमा छायाँकन गरिएको उक्त मेवाइलको विज्ञापनको छायाँकन गर्न झण्डै पाँच दिन लाग्यो । उनले छायाँकन गरिएको प्रत्येक दिन भारु ७ करोड लिएका बताईएको छ ।
सलमानका धेरै फ्यान फलोअर्स भएका कारण उनलाई मोवाइल कम्पनीले यती महंगो पारिश्रमिक तिरेर विज्ञापनमा खेलाएको बतार्ईएको छ । सलमानलाई राखे मोवाइलले राम्रो बजार लिने विश्वास सहित मोवाइल कम्पनीले उनलाई एम्बेस्टर बनाएको हो ।
अर्को आश्चर्यको कुरा के छ भने उक्त विज्ञापन गरिएको मेवाइलकाे मूल्य जम्मा १४, ९९९ मात्रै रहेको छ ।








