भरतपुरमा डिसइन्फेक्सन छर्न सुरु
२०७६ चैत १४ गते

चैत १४, चितवन । चितवनको भरतपुर महानगरपालिकाले कोरोना भाइरसको संक्रमण हुन नदिन सुरक्षात्मक उपाय अपनाएको छ । कोरोनाको संक्रमण हुन नदिन डिसइन्फेक्सन छर्न सुरु गरेको हो ।
शुक्रबार बिहानैबाट नारायणगढ र भरतपुर बजार क्षेत्रमा डिसइन्फेक्सन छर्न थालिएको भरतपुर महानगरपालिकाले जनाएको छ ।
यता लकडाउनको चौंथो दिन आज चितवनको बजार क्षेत्र सुनसान छ । तर अरु बेलाको बन्द झै सम्झिएर बेलुकी ५ बजेपछि बजारमा केही चहलपहल देख्ने गरिएको छ ।

२०७६ चैत १४ गते
प्रतिक्रिया
सम्बन्धित








