नेपालमा ९ सय १७ जनाको कोरोना परीक्षण
२०७६ चैत १६ गते

चैत १६, काठमाडौं। स्वास्थ्य तथा जनसंखया मन्त्रालयले नेपालमा अहिलेसम्म कोरोना भाइरसको आशंकामा ९ सय १७ जनाको नमुना परीक्षण गरिएको जनाएको छ। मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले आजसम्म ९ सय १७ जनाको कोरोना परीक्षण गरिएकोमा पाँच जनाको नतिजा पोजेटिभ देखिएको जानकारी गराए।
‘९ सय १७ नमुना परीक्षणमा ९ सय १२ कोरोना नेगेटिभ र ५ जनामा पोजेटिभ देखिएको छ। आज कोरोनाको आशंकामा विभिन्न अस्पतालको आइसोलेसनमा भर्ना १२ जना रहेका छन्। टेकु अस्पतालमा पाँचजना छन्। जसमा दुईजना कोरोना पोजेटिभ छन्,’ उनले भने।
हिजोमात्र बेल्जियमबाट फर्किएकी बाग्लुङकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको थियो। अहिले उनको धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

२०७६ चैत १६ गते
प्रतिक्रिया
सम्बन्धित








