नेपालमा कोरोना छैन, पर्याप्त सावधानी अपनाइएको छ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस (कोभिड १९) को कुनै संक्रमण नरहेको बताएका छन् । आइतबार सार्क राष्ट्रहरुको सहकार्यमा आयोजित भिडियो कन्फ्रेन्समा बोल्दै कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि नेपाल सरकारले पर्याप्त सावधानी अपनाएको उनले बताए ।
आइतबार कोरोनाभाइरस विरुद्ध सार्क सहकार्यः भिडियो कन्फरेन्स गरिएको छ ।
उनले ‘अन अराइभल भिसा’ रद्द गरिएको, नेपाल आउने विदेशी नागरिकले बढीमा सात दिन अघिको मेडिकल रिपोर्ट पेश गर्नुपर्ने र गैरआवासीय नेपालीका हकमा पनि यही व्यवस्था गरिएको जानकारी दिए ।

यस्तै सम्पूर्ण स्वदेशी एवं विदेशी नागरिक, गैरआवासीय नेपालीले समेत नेपाल प्रवेश गर्दा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य व्यवस्था गरिएकोसमेत भिडियो कन्फ्रेन्समार्फत उनले जानकारी दिए ।
यस्ते, स्थानीय, प्रदेश र केन्द्र सरकारले पर्याप्त सावधानी अपनाएको भन्दै सीमा नाकाबाट तेस्रो मुलुकका नागरिकलाई प्रवेश प्रतिवन्ध लगाइएको पनि जानकारी दिए ।
स्वास्थ्यका कर्मचारीलाई सुरक्षित उपकरणको व्यवस्था गरिएको तथा विमानस्थलमा स्कृनिङका साथै अन्य स्वास्थ्य परीक्षणको व्यवस्था समेत गरिएको बताए । उनले यसवर्षको आरोहणसमेत रद्द गरिएको जानकारी दिए ।
यस्तै प्रधानमत्री ओलीले भिडियो कन्फ्रेन्समा आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्ण सार्क राष्ट्रहरुलाई धन्यवाद पनि दिएका थिए ।








