मुन्ना माइकलकी ‘पुजा’ अर्थात निधि अग्रवाल

फागुन २९, काठमाडौं । बलिउड स्टार टाइगर श्राफसँग मुन्ना माइकलबाट जि सिने डेब्यू अवार्ड पाएकी निधि अग्रवालका आधा दर्जन फिल्म आइसकेका छन् ।
२६ वर्षिय निधिले पहिलो चलचित्रमा राम्रै प्रभाव जमाएपनि त्यसपछि आएका फिल्मले खासै चर्चामा ल्याएन । तर, यिनी भारतीय फिल्म क्षेत्रमा छाइरहेकी भने छिन् ।
हिन्दी, तमिल तथा तेलंगु फिल्म गरेर आधा दर्जनमा देखा परेकी निधिको यो वर्ष आउने फिल्म भूमीबाट राम्रै आशा गरिएको छ । गत वर्षको तेलंगु स्मार्ट शंकरबाट राम्रै चर्चा कमाएकी भूमि सोसल साइटमा उत्तिकै चर्चामा छिन् ।

बलिउडमा भने भूमिले खासै कमाल गर्न सकेकी छैनन् ।
निधिले बेङलोरको एक विश्वविद्यालयबाट विजनेश मेनेजमेन्टमा ग्राजुएशन गरेकी छिन् । यीनले मिस डिभा २०१४ मा पनि भाग लिएकी थिइन् । निधि बेली डान्सकी ट्रेनर हुन् । साथमा भूमिलाई कत्थक नृत्यपनि आउँछ ।
मुन्ना माइकल फिल्मको अडिसनमा भूमिले ३ सय प्रतिष्पर्धीलाई पाखा लगाउँदै चान्स पाएकी थिइन् ।
तस्विरः भूमि अग्रवालको इन्ष्टाग्रामबाट








