भारतमा कोरोना संक्रमणबाट पहिलो मृत्यु

फागुन ३०, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट भारतमा पनि एक जनाको मृत्यु भएको छ । यो भारतमा कोरोना संक्रमणबाट भएको पहिलो मृत्यु हो ।   

कर्नाटक कलबुर्गीका ७६ वर्षीय बृद्धको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । कर्नाटक राज्य स्वास्थ्य तथा परिवार कल्याण विभागका अनुसार, मंगलबार ती पुरुषको मृत्यु जनाएको थियो ।   

स्वास्थ्य रिपोर्ट आएपछि उनलाई कोरोनाको संक्रमण देखिएको पुष्टि भएको हो । भारत सरकारले ती व्यक्ति साउदी अरवबाट फर्किएको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =